Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

लम्की चुहा नगरपालिका राहत कोषमा बैंकर्स क्लबको ९४ हजार सहयोग

२०७७ बैशाख ४ गते

बैंकिङ खबर । विश्वभर महामारिको रूपमा फैलिएको कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण गर्न बैंकर्स क्लब लम्कीले लम्कीचुहा नगरपालिकालाई ९४ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
कोरोना प्रभावका कारण देश लकडाउनले ठप्प भएको अवस्थामा विपन्न एवं दैनिक रूपमा ज्यालादारी गरि खाने नागरिकलाई खाद्यान्‍न प्रदान गर्न मद्दत पुगोस् भन्नका हेतु नगरपालिकाको आर्थिक अवस्थालाई सहज गर्न क्लबले सहयोग गरेको जनाएको छ ।

लम्की क्षेत्रमा रहेका बैंक तथा वित्तीय संस्था मिलेर बनेको बैंकर्स क्लबले नगरपालिकाको कार्यालयमा पुगेर बैंकर्स क्लब लम्कीका अध्यक्ष एवं सिद्धार्थ बैंकका शाखा प्रबन्धक प्रकृतिशान्त ठकुराठी र क्लबका सचिव एवं सनराइज बैंक लम्कीका शाखा प्रबन्धक मातृका खड्काले लम्की चुहा नगरपालिकाका नगरप्रमुख महादेव बजगाईलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । यस सहयोगले नगरपालिकालाई केही राहत पुग्ने क्लबले अपेक्षा गरेको छ ।

Ad