सानिमा बैंक लिमिटेडले नेपाली राष्ट्रिय तथा अन्डर–१९ क्रिकेटका उदयमान खेलाडी सन्दिप लामिछानेलाई दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता गरेको छ । आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको अन्तर्गत सानिमा बैंकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजीत रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्नेछ । एक समारोमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल र क्रिकेटर सन्दिप लामिछानेबीच उक्त सम्झौतापत्र हस्ताक्षर भयो ।
नेपालले बिगत केहि वर्षदेखी क्रिकेट क्षेत्रमा उल्लेखनिय प्रगति गरेको छ । सन् २०००, अगस्ट ०२ मा जन्मिएका लामिछाने लेग ब्रेक बलिङ्ग स्टाईल मा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । उनीे सानै उमेरमा बाङ्गलादेशमा हालै सम्पन्न भएको आई.सी.सी अण्डर १९ विश्व कप मा राम्रो प्रदर्शन गर्न सफल भएका थिए । प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवार लामिछानेलाई प्रयोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा प्रोफेसनल क्रिकेटको विकासमा सहयोग गर्ने आशा ब्यक्त गरे । साथै नेपाल क्रिकेट टिम को आगामी यू.के (बेलायत) तथा नेदरल्याण्ड भ्रमणको सफलताको शुभकामना ब्यक्त गरे ।