April 14th, 2020

अध्ययन रिपोर्टले भन्यो -‘लकडाउनमा भारतले दैनिक ४.४ अर्ब डलर नोक्सानी व्यहोर्दैछ’

बैंकिङ खबर । भारत सरकारले लकडाउन अवधिमा दैनिक ४.४ अर्ब अमेरीकी डलर आर्थिैक नोक्सान भएको प्रक्षेपण निकालेको छ । हाल विश्वमै आर्थिक मन्दीको संकेत देखिएको छ । यसमा भारतले थप २१ दिन लकडाउनको घोषणा गरेसँगै यो डाटा निकालेको हो । रेटिंग एजेन्सी एक्युटले एक रिपोर्टमा लकडाउनका कारण भारतीय अर्थतन्त्रलाई हरेक दिन ४.४ अर्ब डलर अर्थात करीब ३४ हजार करोड रुपैयाँ घाटा लाग्न सक्ने बताएको छ । एजेन्सीले २१ दिनको लकडाउनमा १०० अरब डलर घाटा हुने जनाएको छ ।

खुद्रा कारोबारमा ३० अर्ब डलरको क्षति – एक्युटले मार्चको दोस्रो हप्तामा कोरोना भाइरस महामारीको रोकथाम र यसको रोकथामका लागि राष्ट्रव्यापी शटडाउनले खुद्रा व्यापारमा ३० अर्ब डलरको क्षति भएको अनुमान गरेको छ । देशको खुद्रा क्षेत्रमा ७ करोड साना, मध्यम र ठूला व्यवसायीहरु छन् ।
७० प्रतिशत आर्थिक गतिविधि ठप्प – समाचार एजेन्सीको रिपोर्ट अनुसार प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसको फैलन रोक्न मार्च २५ देखि २१ दिनको देशव्यापी बन्द हुने घोषणा गरे । यसले ७० प्रतिशत आर्थिक गतिविधि, लगानी, निर्यात र अन्य आवश्यक वस्तुहरूको बाहेक अन्य उत्पादनहरूको खपत रोकेको छ । कृषि, अत्यावश्यक सेवाहरू, केही वित्तीय र आईटी सेवाहरू र सार्वजनिक सेवाहरूलाई मात्र काम गर्न अनुमति दिइएको छ ।
यसभन्दा पहिले, रेटिंग एजेन्सी मूडीज इन्भेस्टर्सले कोरोना भाइरसको प्रकोपका कारण भारतको जीडीपी वृद्धि घट्ने प्रक्षेपण गरेका थिए । मूडीजले भारतको जीडीपी ५.४ प्रतिशतबाट घटेर ५.३ प्रतिशत हुने बताएका छन् । एजेन्सीका अनुसार ग्लोबल म्याक्रो आउटलुकमा विश्वव्यापी कोरोनाका कारण बजारको माग घटेको जनाइएको छ । यदी अब माहामारी नियन्त्रणमा आयो भने पनि दोस्रो क्वाटरमा जीडीपी बढ्ने कुनै सम्भावना नरहेको बुझिएको छ ।