सरकारले बैशाख १५ गतेसम्म लकडाउनको अबधि थप गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो । यस अघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय जनतालाई सम्बोधन गर्दै लकडाउनको समय ३ हप्ता थपेको घोषणा गरेका छन् । भारतले मे ३ सम्म लकडाउन थपेको छ । भारतमा २१ दिनको लकडाउन मंगलबार सकिदै थियो । नेपालको लकडाउन बुधबार सकिँदैछ ।