Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

आँखुखोला जलविद्युत् कम्पनीको ८ लाख कित्ता आईपीओ आउँदै

२०७३ असार २४ गते

ipoआँखुखोला जलविद्युत् कम्पनीले आठ लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता  एक सय अङ्कित मूल्यका आठ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो । साधारण सेयर जारी गर्नका लागि कम्पनीले धितोपत्र बोर्डमा आवेदनसमेत दिइसकेको छ । धितोपत्र बोर्डले भने आगामी साउनमा साधारण सेयर जारी गर्न अनुमति दिने तयारी गरेको छ ।

धादिङको मार्पाकमा आँखुखोलामा निर्माण गरिएको आँखु खोला जलविद्युत् आयोजनाले ८.४ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । यस्तै सोही कम्पनीले २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला जलविद्युत् आयोजना निर्माण गर्ने जनाएको छ । धादिङको लापा र सेर्तुङ गाविसमा आयोजनास्थल रहेको सो आयोजना निर्माण कार्य आगामी हिउँदबाट सुरु गर्ने कम्पनीको योजना छ । आयोजनाको कुल लागत  चार अर्ब ३७ करोड रहेको छ । कम्पनीले विद्युत् खरिद बिक्रीका लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिइसकेको छ ।