बैंकिङ खबर । राष्ट्रिय वाणिज्य बैकको प्रमुख कार्यकारी अधिकृतमा किरणकुमार श्रेष्ठले निरन्तरता पाएका छन्। उनले अब २०८० चैत अन्त्यसम्म कार्यकारी अधिकृतको रुपमा बैंकमा रहनेछन् । सीईओमा निरन्तरता दिनुअघि सञ्चालक समितिले श्रेष्ठसँग ४ बर्षको व्यवसायीक योजना माग गरेको र उक्त व्यवसायीक योजना अध्ययन र छलफल गरेपछि उनलाई निरन्तरता दिइएको हो । श्रेष्ठको नेतृत्वमै बैंकको व्यवसायीक गतिविधिमा उल्लेख्य सुधार आएकोमा सञ्चालक समिति सन्तुष्ट छन् । पछिल्लो समय राष्ट्रिय बाणिज्य बैंक सबैभन्दा बढी नाफा कमाउने बाणिज्य बैंकका रुपमा परिचित छ ।