Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यसरी छल्छन् मदिरा उद्योगले राजस्व

admin २०७३ असार २३ गते
सेयर:

moneyआन्तरिक राजस्व कार्यालय भैरहवाले कर छली गर्ने व्यवसायीलाई कारबाही थालेको छ । कार्यालयले कानुन विपरीत काम गर्ने र राजस्व छली गर्ने जिल्लाका मदिरा तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग तथा बिक्री वितरण गर्ने व्यवसायीलाई कारबाही थालेको हो ।

आन्तरिक राजस्व कार्यालयका अनुसार मदिरा बिक्री गर्ने ४८ व्यवसायीको अनुगमन गर्दा १२ व्यवसायीले बिनाइजाजत कारोबार गरेको पाइएको छ । अवैध मदिरा बरामद गर्ने क्रममा पाँच करदातालाई कारबाही गरी २ सय ३२ कार्टुन ७० युपी शक्तिको मदिरा जफत गरी ३६ लाख ६९ हजार रुपैयाँ अन्तःशुल्क र १ लाख ५१ हजार रुपैयाँ मूल्य अभिवृद्धि कर असुल गरिएको छ । केही समयअघि चिल्हिया गाविसमा रहेको किसान डिस्टिलरीले अन्तःशुल्क स्टिकर नभएका मदिरा बजारमा पठाउन लाग्दा गाडीसहित नियन्त्रणमा लिएर छानबिन समेत थालेको थियो । सो गाडी अहिले लिलामीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ ।

त्यसैगरी सुर्तीजन्य पदार्थको कारोबारको अनुगमन गर्दा सात करदाता कारबाहीमा परेका छन् । उनीहरुबाट १५ बोरा गुट्खा जफत गरिएको छ । यस्तै स्वास्थ्य तथा शिक्षा सम्बद्ध संस्थामध्ये ३२ करदाताको कारोबारस्थलमा गई स्वास्थ्य सेवा कर तथा शिक्षा सेवा शुल्कको अनुगमन तथा कारबाही गरी रु ८७ हजार जरिवाना तिर्न लगाइएको कार्यालयका सूचना अधिकृत धनीश्वर अर्यालले जानकारी दिए ।

आन्तरिक राजस्व कार्यालयका अनुसार मदिरा उद्योगबाट चालु आवको जेठसम्म ४ अर्ब ७७ करोड ९७ लाख रुपैयाँ अन्तःशुल्क उठाइएको छ । पर्याप्त जनशक्ति नहुँदा कर असुलीमा समस्या आएको प्रमुख कर अधिकृत महाराज कोइरालाले बताए । रासस

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।