बैंकिङ खबर। नेपाल राष्ट्र बैंकको गभर्नर पदको कार्यभार महाप्रसाद अधिकारीले संहालेका छन् । १७ औँ गभर्नरको रुपमा नियुक्त भएका अधिकारीले प्रधानन्यायाधीस चोलेन्द्रशम्सेर राणा समक्ष आज ग्रहण गरि गभर्नरको कार्यभार संहालेका हुन् । सपथ ग्रहणपछि उनले आजै कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
मन्त्रिपरिषदको हिजोको बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको थियो । यसअघि अर्थमन्त्री खतिवडा नेतृत्वको सिफारिस समितिले अधिकारी सहित चिन्तामणि सिवाकोटी र राजन खनालको नाम सिफारिस गरेको थियो । उनी तत्कालिन गभर्नर डा. युवराज खतिवडाको पालामा सहयोग गर्ने र निकट रहेका व्यक्ति मानिन्छन् । खतिवडा हाल अर्थमन्त्री छन् ।


