Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

सनराइज बैंकले किन्यो नारायणी नेशनल फाइनान्स

२०७३ असार २३ गते

sunrise bankसनराईज बैंकले नारायणी नेशनल फाईनान्सलाई किन्ने प्रक्रिया भएको छ । नारायणी नेशनल फाईनान्सलाई सनराईजले ७७ प्रतिशत स्वाप रेसियोमा किनेको हो । नारायणी नेशनललाई प्राप्ति गरेपछि सनराईको चुक्ता पूँजी ४ अर्ब, निक्षेप ५० अर्ब, कर्जा ४३ अर्ब र शाखा संजाल ६७ पुगेको छ । नारायणी नेशनलको १०० कित्ता शेयर बराबर सनराईजको ७७ कित्ता शेयर पाएका छन् । 

आगामी असार ३० गतेदेखि संयुक्त कारोबार सुरु गर्ने बताइएको छ । प्राप्ति प्रक्रियालाई नेपाल राष्ट्र बैंकले असार १९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले अन्य आवश्यक प्रक्रिया असार २२ गते पूरा गरिदिएको हो ।