April 4th, 2020

के कपडाको मास्कले कोरोनाबाट बचाउँछ ? यसो भन्छन् विज्ञ

बैंकिङ खबर । मास्क, पञ्जा लगायत सुरक्षाका सामग्रीहरुले कोरोना भाइरस फैलिनबाट रोक्न सक्छन् । प्रोटेक्टिभ मास्कको बजारमा अभाव हुन थालेपछि मानिसहरु घरमै मास्क बनाएर प्रयोग गर्न थालेका छन् । तर के त्यो सुरक्षित छ ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विरामी र लक्षण देखिएका एवम् तीन विरामीहरुको उपचार वा हेरचाह गरिरहेकाहरुले अनिवार्य रुपमा प्रोटेक्टिभ मास्क लगाउनुपर्ने भनेको छ । सर्वसाधारणका लागि मास्क लगाउने सुझाव दिइएको छैन, किनकि अरुको खोकी वा हाछ्युँबाट मास्क फोहोर हुन सक्छ वा मास्क लगाउँदा फुकाल्दा पनि फोहोर हुन सक्छ । मास्कले सुरक्षित छु भन्ने गलत आभास समेत गराउने भएकाले त्योभन्दा बरु सामाजिक दुरता कायम गरी समय समयमा साबुन पानीले हात धोइरहनु नै बढी प्रभावकारी हुने डब्लुएचओको बनाइृ छ ।

संक्रमित व्यक्तिले बोल्दा, खोक्दा वा हाछ्युँ गर्दा निस्केको छिट्टाबाट भाइरस हावामा फैलिन्छ । यसरी फैलिएको भाइरस नाक, आँखा, मुख वा कुनै फोहोर वस्तुलाई छुँदा समेत शरिरमा फैलिन्छ । यद्यपि, हाल डब्लुएचओका विज्ञहरु मास्क लगाउँदा सर्वसाधारणहरु सुरक्षित हुन्छन् कि हुँदैनन् भन्ने कुरामा खोजी गरिरहेका छन् ।

मेडिकल मास्कको अभाव भएपछि कतिपय देशमा सफा कपडाले अनुहार र शरिर ढाकेर हिँड्न सुझाइएको छ । यसबाट कोरोना भाइरस फैलिनबाट बच्न सकिने अपेक्षा गरिएको छ । अमेरिकामा समेत यही उपाय अपनाइएको छ । तर, युरोपेली विज्ञहरु पुनःप्रयोग गरिने कपडाका मास्कहरुबाट भाइरस फैलिने सम्भावना झन् बढी भएको बताउँछन् । उनीहरुका अनुसार, कपडाबाट भाइरस छिर्ने सम्भावना प्रवल हुन्छ । बेलायतले त कपडाको मास्क मात्रै हैन मेडिकल मास्क प्रयोग गर्ने सुझाव पनि दिएको छैन । हेल्थ सेक्रेटरी म्याट ह्यानककका अनुसार सरकारले मास्कको प्रयोगमा मेडिकल र वैज्ञानिक सल्लाह लिइरहेको छ । यति बेला सामाजिक दुरता नै एक मात्र विकल्प भएको उनीहरुको बुझाई छ ।

अस्पतालमा प्रयोग गरिने मास्कमा विभिन्न तहमा सुरक्षा अपनाइएको हुन्छ । एफएफपी३, एन९५, एफएफपी२ जस्ता मास्कले हावा फिल्टर गर्ने गर्छन् । तर, विज्ञहरुले पब्लिकलाई यस्तो मास्क लगाउन भनेका छैनन् । यस्तो मास्कहरु स्वास्थ्यकर्मीका लागि हुन्, जो कोरोना भाइरसका विरामीको उपचारमा खटिएका छन् र उच्च जोखिममा छन् । अस्पतालका अरु स्टाफहरु, जो कम जोखिममा छन् र विरामीको सम्पर्कमा जानुपर्दैन, उनीहरुले सर्जिकल मास्क प्रयोग गर्न सक्छन् । यसरी काम गर्नेहरुले पञ्जा लगायत अन्य सरक्षित कुराहरु लगाउनुपर्छ । विरामीको उपचारमा प्रत्यक्ष खटिएका स्वास्थ्यकर्मीहरुले पनि पञ्जा, मास्क, एप्रोन वा चस्मा मात्रै लगाएर पुग्दैन ।

यी सबै कुराहरु सर्वसाधारणले लगाउनु जरुरी मानिएको छैन । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि समयसमयमा वा फोहोर कुरा चलाएपछि वा बाहिर गएर आएपछि राम्रो सँग साबुनपानीले मिचिमिचि हात धुने वा स्यानिटाइजर लगाउने, खोक्दा वा हाछ्युँ गर्दा हातले नभई कुईनाले वा टिस्यु पेपरले नाक र मुख छोप्ने र फोहोर हातले आँखा, नाक वा मुख नछुने गर्नुपर्छ । स्रोतः बीबीसी


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]