July 6th, 2016

कर छलीको मुद्धामा दोषी ठहरिए मेसी, अदालतले सुनायो २१ महिना जेल सजाय

messyअर्जेन्टीनी फुटबल खेलाडी लियोनल मेसीलाई कर छलीको आरोपमा २१ महिनाको जेल सजाय सुनाइएको छ । बुधबार अदालतले उनलाई दोषी ठहर गर्दै सो सजाय सुनाएको स्पेनीस सञ्चार माध्यमले जनाएका छन् । मेसीका वित्तीय सल्लाहकारसमेत रहेका पिता जर्ज मेसी पनि २००७ देखि २००९ सम्ममा ४.१ युरो बराबरको कर नतिरेको आरोपमा जेल परेका थिए । कर छली गर्नका लागि बेलिज र उरुग्वेमा पैसा राखेको पुष्टि भएपछि उनीहरुलाई करोडौँ युरो जरिवाना समेत तिराइएको छ । यस विषयमा मेसीले भने आफू फुटबल खेलिरहेको र आफ्नो आर्थिक कारोबारको विषयमा केही जानकारी नभएको बताएका छन् । मेसीले यस फैसलाविरुद्ध पुनरावेदन अदालतमा उजुरी दिन सक्नेछन् ।