Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

भारतले विदेशी विनिमय र पुँजी बजारको कारोबार समय घटायो

२०७६ चैत्र २१ गते

बैंकिङ खबर । भारतले विदेशी विनिमय र पुँजी बजारको कारोबार समय घटाउने भएको छ । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इण्डयाले अप्रिल ७ देखि १७ सम्म प्रचलित एक्सचेञ्जमा कारोबार नहुने केही प्रोडक्टहरुको कारोबार समय घटाउने निर्णय गरेको हो ।

जसअनुसार, भारतका प्रचलित शेयर बजारहरु बीएसई र एनएसईमा कारोबार नहुने प्रोडक्टहरुको कारोबार समय निम्नानुसार हुनेछः

भारतमा लक डाउनको आज २१औँ दिन हो, जुन अझै १४ अप्रिलसम्म चल्नेछ । लक डाउनको समयमा कारोबार गर्नेहरु घरमै बस्नुपरेका कारण कारोबार संचालनमा कठिनाई आएको तथ्यलाई मध्यनजर गर्दै कारोबार समयमा परिमार्जन गरेको बताइएको छ ।