Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

कोरोना प्रभाव : नेपालको आर्थिक बृद्धिदर घट्ने

२०७६ चैत्र २१ गते

बैंकिङ खबर । एशियाली डेभलपमेन्ट बैंकले नेपालको आर्थिक बृद्धिदर ५.३ प्रतिशत हुने अनुमान गरेको छ । एडीबीले सार्वजनिक गरेको ‘एसियन डेभलपेन्ट बैंक आउटलूक, २०२०’ को रीपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर गत आर्थिक वर्षको ७.१ प्रतिशतबाट झरेर ५.३ प्रतिशत कायम हुन सक्ने बताइएको छ । कोरोना भाइरसले भएको लकडाउन र त्यसले उद्योग धन्दामा पारेको प्रभावका साथै रेमिट्यान्समा गिरावट आउने कारण आर्थिक वृद्धिदरमा गीरावट आउने देखिएको एडिबीले जनाएको छ ।