April 3rd, 2020

पोखरामा कोरोना पोजेटीभको हल्ला भएछ, रिपोर्ट नेगेटीभ आएको छ : मन्त्रालय

बैंकिङ खबर । स्वास्थ्य मन्त्रालयले कास्कीमा कोरोना संक्रमित भनिएका व्यक्तिमा कोरोना संक्रमण नभएको प्रष्ट पारेको छ । मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा यो कुरा प्रष्ट पारिएको हो । पत्रकार सम्मेलनमा कनोरोजा परिक्षण गर्ने सामान भएर पनि हाल टेकु भन्दा अन्य ठाउँमा गरिएको परिक्षणले पूर्ण रुपमा काम नगरेको बताइयो । कास्कीमा कोरोनासंक्रमित पोजेटीभ देखिएका व्यक्तिको रिपोर्ट काठमाडौंमा नेगेटीभ देखिएको छ । स्वास्थ्य मन्त्रालयले थप परीक्षणका स्वाब काठमाडौँ ल्याइएको र रिपोर्ट नेगेटीभ देखिएको बताएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले केही सञ्चारमाध्यममा पोखरामा कोरोना संक्रमणको पुष्टि भएको भन्दै समाचार आएपनि हालसम्म भएको जाँचमा पोखरामा भाइरसको संक्रमण पुष्टि नभएको बताए । उनले केही केशहरु प्रदेशले हेरेपनि पुन हेर्नुपर्ने अबस्था सुरु सुरुमा भएको उल्लेख गरे । पछि समस्या प्रदेशस्तरबाटै हल हुने बताए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]