बैंकिङ खबर । कोरोना भाइरसबाट संक्रमितहरुको उपचारका लागि बेलायतले नौ दिनमा एउटा अस्पताल बनाएको छ । बेलायतले विभिन्न प्रदर्शनी एवम् खेलकुदहरु हुने गरेको एक्सेल एक्जिबिसन सेन्टरलाई ४००० शैय्याको अस्पतालमा परिणत गरेको हो । ८७ हजार ३२८ वर्ग मिटरको हलमा ८० वटा वार्ड बनाइएको छ र सबैमा ४० वटा बेड छन् । जसमध्ये, ५०० बेडमा अक्सिजन, भेन्टिलेटर लगायतका सुविधा जडित छन् ।
एनएचएस नाइटिङ्गेल नाम दिइएको यस अस्थायी अस्पताल २०० जना आर्मी इन्जिनियरले दैनिक १५ घण्टा काम गरेर बनाएका हुन् । एउटा वार्डमा २०० जना स्टाफ खटाउने गरी जम्मा १६००० स्टाफले यहाँ सेवा दिनेछन् । सहयोगका लागि ७५० जना स्वयम्सेवकका साथै हजारौँ हवाई एम्बुलेन्स क्रु पनि तयारी अवस्थामा रहेका छन् ।