April 2nd, 2020

मेगा बैंकबाट कोरोना रोकथाम कोषमा १ करोड ३५ लाख सहयोग

बैंकिङ खबर । मेगा बैंक नेपाल लिमिटेडले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कूल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि केन्द्रीय सरकारले स्थापना गरेको कोषमा १ करोड रुपैयाँ र सातवटै प्रदेशले स्थापना गरेको कोषमा ५–५ लाख गरी जम्मा १ करोड ३५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय मेगा बैंकको सञ्चालक समितिले गरेको हो । सहयोग रकम केन्द्रीय र प्रदेश सरकारको कोषमा जम्मा गरिने मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले जानकारी दिनुभयो ।

सिइओ खुञ्जेलीका अनुसार, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेगा बैंकले गर्ने यो सहयोग रकम भित्र मेगा बैंकका १२ सय भन्दा बढी कर्मचारीका साथै सञ्चालक समितिका सदस्यहरुले पनि व्यक्तिगत योगदान गर्नेछन् । जसअन्तर्गत सहायक तहका कर्मचारीले २ दिनको तलब, अधिकृत तहका कर्मचारीले ३ दिनको तलब, प्रबन्धक तहका कर्मचारीले ४ दिनको तलब र उच्च व्यवस्थापन तहले ५ दिनको तलब बराबरको रकम करिब ३० लाख ८७ हजार रुपैयाँ प्रदान गर्नेछन् । त्यसै गरी सञ्चालक समितिका प्रत्येक सदस्यले २५ हजार सहयोग गर्दै १ लाख ७५ हजार रुपैयाँ प्रदान गर्नेछन् । ‘कोरोना भाइरस संक्रमणको रोकथाम, त्यसको नियन्त्रणका साथै उपचारका लागि देशव्यापी रुपमा केन्द्रीय सरकार र प्रदेश सरकारले चालिरहेको अभियानमा ऐक्यबद्धता स्वरुप हामीले यो सहयोग गरेका हौं, यो खतरानाक भाइरसको उपचारबाट कोही पनि वञ्चित हुन नपरोस् भन्ने हाम्रो कामना छ ।’– सिइओ खुञ्जेलीले बताउनुभयो । विपद्को बेलामा राज्यलाई व्यक्तिगत सहयोग गर्ने बैंकका सम्पूर्ण कर्मचारीहरु, बैंक कर्मचारी युनियन लगायत सञ्चालक समितिलाई उहाँले आभार प्रकट गर्नु भएको छ ।

ग्राहकको विश्वास जित्दै अघि बढिरहेको मेगा बैंकले यो संकटपूर्ण अवस्थामा सतर्कता अपनाउन आफ्ना ग्राहकहरुलाई आग्रह समेत गरेको छ । बन्दाबन्दीको समयमा पनि ग्राहकको हितलाई ध्यानमा राख्दै देशभरका विभिन्न शाखाहरुबाट बिहान ११ बजेदेखि अपरान्ह १ बजेसम्म सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ । खोलिने शाखाहरुको नाम, शाखा प्रबन्धकहरुको नाम र फोन नम्बर बैंकले दैनिक रुपमा आप्mनो वेबसाईट र आधिकारिक फेसबुकमा अद्यावधिक गर्ने गरेको छ । तर, अत्यावश्यक बाहेक अन्य सेवाका लागि मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, पोस, क्यूआर भुक्तानी जस्ता डिजिटल माध्यमहरुको प्रयोग गर्न मेगा बैंकले आफ्ना ग्राहकहरुलाई अनुरोध पनि गरेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]