प्रभु मनि ट्रान्सफर र एफआईए ग्लोबलबिच बुधबार रेमिट्यान्स सम्झौता भएको छ । सम्झौतापत्रमा एफआइए ग्लोबलको तर्फबाट फाइनान्स एण्ड अपरेसन प्रमुख प्रदीप मेहेता र प्रभु मनि ट्रान्सफरको तर्फबाट उपाध्यक्ष कुसुम लामाले हस्ताक्षर गरे । यस सम्झौतासँगै भारतमा प्रभु मनि ट्रान्सफरको सञ्जाल विस्तार भएको छ ।
विभिन्न वित्तीय संस्थासँग मिलेर मुलुभरका जनतालाई वित्तीय पहुँचमा ल्याउन सहयोग गर्दै आएको भारतीय कम्पनि एफआईएका भारतभर ८ हजार ५ सय एजेन्ट रहेका छन् । यस सम्झौतापछि एफआईएका जुनसुकै एजेन्टहरुमार्फत भारतमा रहेका नेपालीले प्रभु मनि ट्रान्सफरमा पैसा पठाउन सक्ने भएका छन् । यस सम्झौताले भारतमा रहेका नेपाली नागरिकलाई प्रभु मनि ट्रान्सफरमार्फत रेमिट्यान्स पठाउन थप सहज बनाएको छ ।