बैंकिङ खबर । कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागि नेपाल बैंक लिमिटेडले हरेक प्रदेश सरकारलाई ५÷५ लाख सहयोग गर्ने भएको छ । विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) ले समग्र विश्वलाई नै प्रभावित पारिरहेको मानवीय विपतको घडीमा देशमा कोरोना भाइरसको सम्भावित संक्रमण, रोकथाम र नियन्त्रणका लागिसंघीय सरकारबाट भएको पहलकदमीलाई साथ दिन नेपाल बैंकबाट संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस अघि रु १ करोड रकम आर्थिक सहयोग प्रदान गरिसकेको छ । साथै, कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि प्रदेश सरकारबाट भएका काम कारबाहीमा सहयोग पु¥याउनुपर्ने दायित्व बोध गरी ७ वटै प्रदेश सरकारलाई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व स्वरुपप्रदेश सरकारले स्थापना गरेका कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचारसँग सम्बन्धित कोषमा जम्मा हुने गरी रु। ५÷५ लाखका दरले हुन आउने रु ३५ लाख रकम आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बैंकले जानकारी गराएको छ । कोरोना भाइरस संक्रमण रोकथाममा नेपाल बैंकको तर्फबाट कूल रु १ करोड ३५ लाख योगदान पुगेको छ ।