बैंकिङ खबर ।इजिलिंक रेमिट्यान्स कम्पनीले कोरोना संक्रमण तथा लकडाउनकाबीच रेमिट्यान्स सेवा सुचारु गरेको छ । नेपाल सरकार, नेपाल राष्ट्र बैंक को अनुरोधमा बिहान ९ बजेदेखि देखि दिनको ३ बजे सम्म इजिलिंक रेमिट्यान्स ले आफ्नो सेवा दिने निर्णय गरेको जनाइएको छ । बिदेशबाट पठाएको रकम पाउनबाट बंचित नगर्ने उद्येश्यले सेवा सुचारु गरिएको उल्लेख छ । कम्पनीले विदेशबाट आएको रकम सोझै बैंकखातामा जम्मा गरिदिने उल्लेख गरेको छ । इजिलिंक रेमिट्यान्सले भनेको छ ‘हामी तपाइहरूको बैंक खातामा जम्मा गर्नेछौं, यहाँहरूले आफ्नो अत्यावश्यक गर्जो टार्नका लागी एटीएम बाट निकाल्न सक्नुहुनेछ, तर आवश्यक नपरेसम्म बाहिर ननिस्किनू होला घरमै बस्नु होला ।’