बैंकिङ खबर । कोरोना भाइरस संक्रमण र यसको सन्त्रास बढ्दै जाँदा समग्र अर्थतन्त्र कम्जोर अबस्थातिर धकेलीएको छ । जसकारण बैंकहरुलाई कर्जादाता व्याज र साँबा भुक्तानी गर्न सक्ने अबस्थामा छैनन् । यस्तो अबत्रस्थामा बैंकहरुलाई व्याज घटाउन चौतर्फी दवाव परेको छ । बैंकवित्तले एकोहोरो कर्जामा व्याज घटाउन सम्भव देखिदैन । जसकारण निक्षेप संकलनको व्याज कम गरेर कर्जाको व्याज घटाउन सक्ने एउटा आधार बैंकहरुसमक्ष रहेको छ । बाणिज्य बैंकहरुको छाता संस्था नेपाल बैंकर्स संघले यसबारेमा छलफल सुरु गरेको छ । बैंकरहरुले एउटा निश्कर्ष निकालेपछि राष्ट्र बैंक वा अर्थमन्त्रालयसँग छलफल गरी एउटा निचोढ निकालीने तयारी भएको छ । कर्जाको व्याज कति घटाउन सकिन्छ र त्यसको आधारमा निक्षेप संकलनको व्याज घटाउने तयारी गरिएको बताइएको छ । अघिल्लो बर्ष निक्षेपको ब्याज दर मुद्धतितर्फ १३ प्रतिशतसम्म पुगेको थियो । हाल भने १० प्रतिशत भन्दा कम रहेको छ । बचतको व्याजदर झण्डै ६ प्रतिशत कायम रहेको छ । बचतको ब्याज घटिरहेको अबस्थामा मुद्दतिको पनि ब्याज कम गरेर कर्जाको व्याज घटाउन सक्ने आधार बैंकसँग छ ।
व्याजदर घटाएरै वित्तीय भार कम गर्ने उपाय
कोरोना महामारि र लकडाउनको अबस्था सन्सारभरी जारी छ । अधिकाँस देशहरु लकडाउनमा छन् । नेपालमा विभिन्न पक्षबाट बैंकिङ क्षेत्रलाई धेरै नाफा कमाएको र सम्भ्रान्त परिवारले संचालन गरेको आक्षेप लाग्दै आएको छ । बैंकिङ क्षेत्रमा लाखौं व्यक्तिको संलग्नता छ । प्रत्यक्ष रुपबाट र अप्रत्यक्ष रुपबाट हेर्ने हो भने साधारण लगानीकर्ता अर्थात सेयर बजार मार्फत लगानी गर्नेहरु धेरै छन् । समग्र अर्थतन्त्रको बैधानिक एवं आधिकारिक माध्यम नै बैंकिङ क्षेत्र बनेको छ । बैंकबाट कर्जा निकालेर उद्यमशीलता, व्यापार व्यबसाय वा घर एवं गाडि खरीद गर्नेहरु धेरै छन् । उद्योग व्यासाय र बजार पूर्ण रुपमा ठप्प रहेका बेला समग्र आर्थिक विषय नै कम्जोर बनेको छ । यस्तो अबस्थामा विदेशमा केही राष्ट्रहरुले व्याजदर कम गरेर वित्तीय भार घटाएका छन् भने कतिपय देशले व्याजदर सुन्यमा झारेका छन् ।
युरोपका बैंकहरु बढी समस्यामा
कोरोना भाइरसको प्रभाव युरोपमा अत्याधिक परेको छ । विशेष गरी इटाली र स्पेनको अवस्था एकदमै नाजुक रहेको छ । महामारीका कारण आर्थिक गतिविधिहरु बन्द भएपछि बैंकिङ क्षेत्रमा पनि ठूलो प्रभाव परेको छ । यहाँ सन् २००८ को वित्तीय संकटबाट भर्खरै माथि उठेको बैंकिङ क्षेत्रमा अर्को संकट आइपरेको छ । २००८ को संकटपछि युरोपको बैंकिङ क्षेत्रमा ठूलो परिवर्तन आयो । बैंकहरुको स्तर खस्किएको थियो । त्यसपछि हालसम्म बैंकहरु सोही संकटबाट खस्केको अवस्था सम्हाल्दै पुरानै अवस्थामा फर्किने प्रक्रियामा थिए । अझै पनि २००८ अघिको तुलनामा युरोपको बैंकिङ अवस्था माथि उठ्न सकेको छैन । अहिले झन् नाजुक अवस्था भएको छ । यहाँका बैंकहरुको खराव कर्जा बढ्ने अबस्था छ ।



