March 29th, 2020

सरकारी राहत योजना : चैत महिनाको घरभाडादेखि स्कूल फि सम्म निशुल्क

बैंकिङ खबर । कोरोना भाइरसबाट देश आक्रान्त भएका बेला सरकारले राहातका कार्यक्रम घोषणा गरेको छ । मन्त्रिपरिषद्को बैठकले विभिन्न राहत ल्याएको हो । जसमा उल्लेख गरिए अनुसा विद्युत छुट, स्कूल फी छुट तथा घरभाडा समम छुटको व्यबस्था गरिएको छ ।

छोटकरीमा सरकारी राहात प्याकेजका बुँदाहरु

# माध्यमिक तहसम्मका निजी स्कुलहरुले पनि एक महिनाको शुल्कमा छुट दिनुपर्ने छ ।
# एक महिनाको घरभाडा छुट दिन घरबेटीहरुलाई सरकारले औपचारिक रुपमै आग्रह गरेको छ ।
# सरकारले घरबेटीहरुलाई एक महिनाको घरबहाल कर छुट दिने छ ।
# दुरसञ्चार कम्पनीले लकडाउन अवधिमा इन्टरनेट र डाटा प्याकेज प्रयोग गर्नेलाई २५ प्रतिशत छुट दिनेछ ।
# खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङले खाद्यान्न सामानको मूल्यमा १० प्रतिशत छुट दिने छ ।
# मासिक एक सय ५० युनिटसम्म विद्युत उपभोग गर्ने ग्राहकले विद्युत महसुलमा २५ प्रतिशतसम्म छुट पाउनेछन् ।
# विद्युत, खानेपानी, टेलिफोन शुल्कमा जरिवाना लाग्नेछैन ।
# लाइसेन्स, रुट परमिट लगायत नवीकरण गर्ने समय बैशाख मसान्तसम्म थप गरिएको छ ।
# व्यवसायीहरुले मुल्य अभिबृद्धि र आय कर तिनुपर्ने समय २०७७ बैशाखसम्म बुझाए हुने छ ।

#  गरीब परिवारलाई स्थानीय तहले परिचयपत्र हेरेर लकडाउन अवधीभर खाद्यान्य वितरण गर्ने छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]