March 29th, 2020

चैत मसान्तसम्म साँवा व्याज तिर्नेलाई १० प्रतिशत छुट

बैंकिङ खबर । राष्ट्र बैंकले चैत मसान्तसम्म कसैले साँवा र व्याज भुक्तानी गर्छ भने त्सलाई १० प्रतिशत छुटको व्यबस्था गरेको छ । असहज परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो अबस्थामा यो निर्णय गरेको हो । भुक्तानी गर्न नसक्नेका लागि भने राष्ट्र बैंकले सहुलीयत स्वरुप आगामी असार मसान्तसम्मको म्याद थप गरेको छ । नेपाल राष्ट्र बैंकले बैंकबाट कर्जा लिएकाहरुलाई चैत मसान्तमा बुझाउनुपर्ने साँवा र व्याज वा किस्ता असार मसान्सम्म बुझाउँदा हुने व्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा साँवा र ब्याज असार मसान्तसम्म गर्न सकिने व्यबस्था गरेको हो । कोरोनाले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि कोरोना संक्रमण र यसको असरले परेको असहजतालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार नयाँ सर्कुलर जारी गरेको हो । उक्त सर्कुलरमा चैत मसान्तसम्म बुझाउनु पर्ने साँवा वा व्याज असार मसान्तसम्म बुझाउदा हुने कुरा उल्लेख गरिएको छ ।

यसैगरी नेपाल राष्ट्र बैंकले अनिर्वाय नगद मौज्दात (सीआरआर) सिष्टममा नयाँ नीति लिएको छ । राष्ट्र बैंकले अनिर्वाय नगद मौज्दात (सिआरआर) को सीमालाई घटाएर ३ प्रतिशतमा झारेको छ । अब वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको अनिर्वाय नगद मौज्दात (सीआरआर) कुल निक्षेपको ३ प्रतिशत मात्र कायम गर्दा हुने छ । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]