March 29th, 2020

राष्ट्र बैंकको नयाँ सहुलियत : चैत मसान्तको साँवा र ब्याज, असार मसान्तमा तिर्नु

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंकबाट कर्जा लिएकाहरुलाई चैत मसान्तमा बुझाउनुपर्ने साँवा र व्याज वा किस्ता असार मसान्सम्म बुझाउँदा हुने व्यबस्था गरेको छ । नेपाल राष्ट्र बैंंकले बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा साँवा र ब्याज असार मसान्तसम्म गर्न सकिने व्यबस्था गरेको हो । कोरोनाले गरेको असरका कारण बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएकाहरुले समयमै सावाँ ब्याज भुक्तानी गर्न नसक्ने अवस्था उत्पन्न भएपछि कोरोना संक्रमण र यसको असरले परेको असहजतालाई मध्यनजर गर्दै नेपाल राष्ट्र बैंकले आइतबार नयाँ सर्कुलर जारी गरेको हो । उक्त सर्कुलरमा चैत मसान्तसम्म बुझाउनु पर्ने साँवा वा व्याज असार मसान्तसम्म बुझाउदा हुने कुरा उल्लेख गरिएको छ । । चैत मसान्तभित्र असूल गर्नुपर्ने मासिक र त्रैमासिक किस्ताहरुको भुक्तानी असार सान्तसम्ममा हुने व्यवस्था गरिएको छ । उक्त अबधिसम्मको कुनै थप जरीवाना लाग्ने छैन ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]