बैंकिङ खबर । लकडाउनका समयमा खटिने बैंकिङ क्षेत्रका कर्मचारीले विशेष सुविधा र भत्ता पाउने भएका छन् । लकडाउनका बेला कार्यालयमा खटिएर सेवा प्रदान गर्ने कर्मचारीलाई बैंकहरुले विशेष सुविधा दिने भएका हुन् । चौतर्फी समस्या र कोरोना संक्रमणको खतरालाई मोलेर बैंकहरुले विभिन्न शाखाबाट बैंकिङ सेवा दिइरहेका छन् । आम नागरिकले बैंकमा राखेको पैसा झिकेर दैनीकि चलाउन सक्ने अबस्था सृजना गर्नका लागि बैंकहरु सक्रिय भएर लागेका छन् । लकडाउनको बेला सेवामा खटिने कर्मचारीलाई के कस्तो सुविधा र भत्ता दिने भन्ने बारे बैंकवित्तले आआफै निर्णय गर्नेछन् । बैंकिङ क्षेत्रका छाता संस्थाहरु नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन तथा वित्तीय संस्था संघले वित्तीय सेवा प्रदान गर्नेगरी अघि बढेका हुन् । नेपाल राष्ट्र बैंकले एटीएम नभएका ठाउँमा शाखा संचालन गरेर सेवा दिन, एटीएममा प्रसस्त रकम राख्न तथा न्यूतम कर्मचारीबाट केही शाखा संचालन गरी सेवा उपलव्ध गराउन बैंकहरुलाई निर्देशन दिएको थियो । सोही अनुसार बैंकहरुले सिमित शाखा मार्फत सेवा संचालन गरिरहेका छन् ।