March 26th, 2020

आजबाट ११ देखि १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरू खुल्ने

बैंकिङ खबर । आज देखि ११ बजेबाट १ बजेसम्म बैंक तथा वित्तीय संस्थाहरू खुल्ने भएका छन् । बैंकहरु नगद कारोबारका लागि आंशिक रुपमा खुल्न थालेका हुन् । अति आवश्यक बैंक तथा वित्तीय संस्थाहरु नेपाल राष्ट्र बैंकको निर्देशनमा आंशिक रुपमा खुल्ने भएका हुन् । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको निर्देशन पश्चात बैंकहरु बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्मका लागि खुल्ने भएका छन् । हाल बैंकहरु बन्द हुँदा आम नागरिकहरुलाई नगदको समस्या पर्न थालेपछि नेपाल राष्ट्र बैंकले नगद अभाव हुन नदिन निर्देशन दिएको थियो । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुका लागि सूचना जारी गर्दै बैंकवित्तबाट हुने नगद कारोबारको सूनिश्चितता मिलाउन तथा सकेसम्म थोरै कर्मचारीबाट सेवा प्रदान गर्न एवं डिजिटल सेवामा जोड दिन र एटीएमहरुमा प्रसस्त रकम जम्मा गर्न बैंकवित्तलाई निर्देशन दिएको थियो । त्यसैगरी प्रत्येक प्रदेशका स्थानीय सरकारसँग समन्वयन गरेर सकेसम्म केही शाखाहरु नियमित रुपमा थोरै कर्मचारीद्धारा संचालनमा ल्याउन भनिएको छ । बैंक वित्तले खुल्ने शाखाको बारेमा विवरण बनाई शाखामा रहने व्यक्तिको नाम र नंबर सहित उल्लेख गरी सबै बैंकका शाखामा सुचना टाँस गर्न एवं आफ्नो वेभसाइटमा समेत राख्न अनुरोध गरीएको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]