March 24th, 2020

धितोपत्र बोर्डले कोषमा जम्मा गर्यो ५० लाख, मातहतका निकायलाई सहयोगको अपिल

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले कोरोना भाइरस रोकथामका लागि सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ आर्थिक सहयोग उपलव्ध गराएको छ । बोर्डले रोगको संक्रमणलाई मुलुकमा फैलिन नदिन सहयोग रकम कोषको खातामा जम्मा गरेको बोर्डका प्रवक्ता निरज गिरीद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । धितोपत्र पुँजीबजारको नियमनकारी निकायका रुपमा रहेको बोर्डले पुँजी बजारसँग सम्बन्धीत संघ संस्थाहरुलाई कोषमा रकम संकलन गरेर सहयोग गर्न अपिल गरेको छ । पुँजीबजार क्षेत्रमा नेप्से, सिडिएसी, क्रेडिट रेटिङ्ग संस्थाहरु, मर्चेण्ट बैंकरहरु, धितोपत्र दलाल, आस्वा सदस्यहरु सूचीकृत छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]