Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंकिङ शैली

डलरको मुल्य बढ्यो, १ डलरको खरीद १ सय २२ रुपैयाँ बढी

२०७६ चैत्र ११ गते

बैंकिङ खबर । अमेरिकी डलरको दर भाउ ह्वात्तै बढेको छ । मंगलबार १ डलरको खरीद भाउ १ सय २२ रुपैयाँ ३४ पैसा पुगेको छ । सोमबार १ सय २० रुपैयाँ ६० पैसा थियो । यो सँगै विदेशी सामानको मूल्यमा बृद्धि हुने छ । अन्तराष्ट्रिय मुद्राका रुपमा डलरको कारोबार हुँदै आएको छ । यसले नेपाली रुपैयाँलाई थप कम्जोर बनाएको छ । वैदेशिक रोजगारीमा जानेहरुबाट र विदेशी पर्यटकहरुबाट नेपालमा विदेशी मुद्रा तथा डलर भित्रिने गरेको छ ।