बैंकिङ बखर । नेपाल बैंकर्स संघले अर्थमन्त्रालयसँग बैंकिङ सेवा सूचारुका बारे समन्वयन गरेको बताएको छ । बैंकर्स संघले अर्थमन्त्रालसँगको समन्वयनमा केही शाखाहरु सुचारु राख्नेगरी अघि बढेको बताइएको छ । यस्तो अबस्थामा जबरजस्ती बैंक खोल्न भन्न नमिल्ने राष्ट्र बैंकको भनाई रहेकाले बैंकहरु आआफ्नै तरीकाले सेवा नरोक्नेगरी अघि बढेको बताइएको छ । डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले यसबारेमा आधिकारीक निर्णय गरेका छैनन् । यसले गर्दा बैंकहरु आआफ्नै तरीकाले अघि बढ्ने देखिएको छ । राष्ट्र बैंकले उचित कदम नचाल्दा यस्तो भएको बैंंकरहरु बताउँछन् । बैंकको शाखा खोल्नका लागि सरकारले आधिकारीक पास उपलव्ध गराउनुपर्ने हुन्छ । लकडाउनको अबस्था भएका कारण लकडाउनमा कर्मचारी परिचालन गर्नका लागि गृहमन्त्रालयसँग समन्वयन गर्नुपर्ने हुन्छ । जसकारण बैंकहरु खुल्ने या नखुल्ने भन्ने विषयमा अन्यौलता बढेको हो । तथापि बैंकहरुले आआफ्नै तरिकाबाट बैंकका केही शाखा खोल्नेगरी समन्वयन गरेका छन् ।
बैंकका कुनै पनि निकाय खुलेनन् भने समस्या एटीएममा पनि आउँछ । एटीएम बुथमा रकम पठाउनका लागि पनि बैंकको कुनै न कुनै शाखा संचालन हुनुपर्ने हुन्छ । एटीएममा रकम लैजानका लागि बैंकिङ शाखा संचालन गरेर सेवा सुचारु गर्ने तर सबै शाखाहरु खोल्न नपर्नेगरी कार्ययोजना अघि बढेको नेपाल राष्ट्र बैंकले बताएको छ । यसका लागि अर्थमन्त्रालय र गृहमन्त्रालयसँग समन्वयन भइरहेको बताइएको छ । यो अवधिभर बैंकहरु आआफ्नै तयारीमा लागेका छन् । राष्ट्र बैंकबाट खोल्न पनि नभनिएको र बन्द गर्न पनि नभनिएकोले आआफ्नै तरिकाले बैंकहरु अघि बढेका हुन् । केही बैंकले उपत्यकामा एउटा शाखा संचालन गरेर सेवा दिने जनाएका छन् । एटीएमबाट भने सेवा सुचारु राखीएका छन् ।