एटीएम कार्डको प्रयोग गरौं, बैंकिङ क्षेत्रमा भिडभाड कम गरौ ।

अपेक्षा ढुंगाना, बैंकिङ खबर । कोरोना भाइरसका कारण यतिबेला सन्सार आतंकित बनेको छ । यो संक्रमणबाट बच्नका लागि हरेक देशहरुले विभिन्न उपाय अवलम्बन गरेका छन् । नेपाल सरकारले पनि भिडभाडमा नजानका लागि विभिन्न क्षेत्रलाई बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्ने उपाय नै भिडभाडमा सहभागि नहुनु हो । नेपाल जस्तो मुलुकमा यसको संक्रमण फैलियो भने उपचार कम हुन सक्ने आँकलन गरिएको छ । भलै उपचार पाइएला वेग्लै कुरा छ । तथापि यति ठुलो महामारीलाई वेवास्ता गर्नु हुँदैहुन्न ।

वित्तीय क्षेत्रको भिडभाड पनि संक्रमणका लागि जोखिम हुन सक्छ । यसै कारणले गर्दा त नेपाल राष्ट्र बैंक, बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसियसन र वित्तीय संस्था संघले डिजिटल कारोबार गर्न भनेका छन् । यसको खास कारण बैंकमा भिडभाड नगरौ भनिएको हो । अहिले एटीएमबुथहरु जताततै छन् । प्रसस्त मात्रामा एटीएम भएका कारण बैंकमा भिडभाड नगर्नका लागि एटीएम कार्डको प्रयोग धेरै प्रभावकारी हुनसक्छ । सबै बैंकहरुले यो समयमा जुनसुकै बैंकको कार्ड जुनसुकै बैंकबाट प्रयोग गर्दा शुल्क नलाग्ने व्यबस्था गरेका छन् । यो भनेको के हो भने उदाहरणका लागि तपाईसँग गरिमा विकास बैंकको कार्ड छ वा एनआइसी एसिया बैंकको कार्ड छ वा कुनै फाइनान्स कम्पनीको कार्ड छ भने हरेक बैंक, विकास बैंक तथा वित्त कम्पनीको जुनसुकै एटीएम बुथबाट रकम निकाल्न सक्नुहुन्छ । यसरी जुनसुकै ठाउँबाट रकम निकाले पनि अतिरिक्त शुल्क भने लाग्ने छैन । अरु समयमा बैंकको नेटवर्कका आधारबाट यसरी पैसा निकाल्दा अतिरिक्ति शुल्क लाग्ने गर्दथ्यो । यसरी एटीएम कार्डको प्रयोग बढाउँदा एकातिर बैंकमा भिड लाग्नु नपर्दा कोरोनाको संक्रमणको खतरा कम भयो भने अर्कातिर एटीएम कार्डको प्रयोग जहाँबाट पनि गर्न सकिने भयो । तर यसरी एटीएमबाट पैसा निकाल्दा दिनमा कति निकाल्ने, एकपटकमा कति निकाल्ने भन्नेबारे नियम थाहा हुनुपर्छ ।

डिजिटल भुक्तानीको नियम :
एटीएम कार्डको प्रयोग पनि डिजिटल बैंकिङ अन्तरगत पर्दछ । एटीएमबाट पैसा निकाल्दा नेपाल राष्ट्र बैंकले एकदिनमा एकलाख रुपैयाँ निकाल्न मिल्ले व्यबस्था गरेको छ । राष्ट्र बैंकले एटीएम कार्ड प्रयोग गरी निकाल्न पाउने रकमको सीमा तोकेको हो । एटीएमबाट एकपटकमा २५ हजार रुपेयाँ निकाल्न मिल्ने र एकदिनमा १ लाख रुपैयाँसम्म निकाल्न पाइनेछ । एकपटकमा एटीएममा न्यूनतम ५ सय र अधिकतम २५ हजार रुपैयाँ सम्म निकाल्न मिल्छ । कार्डबाट बढीमा २५ हजार रुपैयाँ मात्र झिक्न पाइने व्यवस्था रहेको छ । मासिक रुपमा भने पाँच लाख रुपैयाँसम्म निकाल्न सकिन्छ । यो रकम डेभिट कार्ड प्रयोग कर्ताका लागि हो ।

क्रेडिट कार्डबाट नगद कारोबार गरी कार्डबाट प्रयोग भएको रकम भुक्तानी गर्ने समय समाप्त नहुँदै कार्डमा भएको रकमको सीमा समाप्त भएको अवस्थामा यस्तो रकम बैंकमा जम्मा गरी समयावधी अगावै २५ प्रतिशत रकम झिक्न सकिने व्यवस्था राष्ट्र बैंकले गरेको छ । त्यसैगरी, इन्टरनेटको माध्यमबाट बैंक तथा वित्तीय संस्थाको खातामा ट्रान्सफर गर्दा एक पटकमा अधिकतमा एक लाख रुपैँया र मासिक रुपमा दश लाख रुपैयाँसम्म ट्रान्सफर गर्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ । मोबाइल बैंकिङबाट एक पटकमा ५ हजार रुपैयाँ र दिनभरमा १५ हजार रुपैँयासम्म मात्रै भुक्तानी गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । 

डेबिट कार्ड र क्रेडिट कार्ड :
विश्वमा प्रविधिको प्रयोग बढ्दो रुपमा भएको पाईन्छ । अझ नेपालमा भन्दा विकसित मुलुकमा प्रविधिको उच्चतम प्रयोग भएको पाईन्छ । नेपालमा पनि प्रविधिले निकै फड्को मारिसकेको छ । पछिल्लो समय नेपालमा पनि बैंक तथा वित्तीय संस्थाहरुले डेबिट तथा क्रेडिट कार्डको प्रयोग अत्याधिक रुपमा गरेको छ । डेबिट कार्डको प्रयोग धेरै भएको छ भने क्रेडिट कार्डको प्रयोग पनि क्रमश बढदै आएको छ ।

डेबिट कार्ड :  डेबिट कार्ड भनेको प्लाष्टिक पेमेन्ट कार्ड हो, जसले बैंकको खाताबाललाई आफ्नो खातामा इलेक्ट्रोनिक पहुँच उपलब्ध गराउँदछ । उक्त कार्डबाट खाताबालले आफ्नो खातामा भएको रकमबाट रकम निकाल्ने तथा खरिदमा भुक्तानी गर्न सक्दछ । अहिले बिभिन्न देशहरूमा यस्तो कार्डको प्रयोग बढ्दो रुपमा छ, जसले चेकको प्रयोगलाई प्रतिस्थापन समेत गरेको पाईन्छ ।

बैंक कार्ड वा चेक कार्ड भनेर पनि चिनिने डेबिट कार्ड एकप्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम ९अटोमेटेड टेलर मेसिन० बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा यसको माध्यमबाट भुक्तानी दिन सकिन्छ । त्यसैले यसलाई ‘इलेक्ट्रोनिक चेक’ पनि भनिन्छ ।

कागजी ‘चेक’ जस्तै यसको प्रयोग पनि बैंक खातामा रकम मौज्दात रहेसम्म मात्र गर्न सकिन्छ । डेबिट कार्डको उपयोग इन्टरनेट मार्फत किनमेल गर्दा पनि प्रयोग गर्न सकिन्छ । यसको प्रयोगले चेक काट्ने, हस्ताक्षर नमिल्ने, बैंक तथा वित्तीय संस्थामा लामो समयसम्म लाइनलमा बस्नुपर्ने लगायतका समस्याबाट मुक्त गराउँछ ।

क्रेडिट कार्ड : क्रेडिट कार्ड पनि बैंकले उपलब्ध गराउने प्लाष्टिक पेमेन्ट कार्ड हो, जसबाट खातावालले आफ्नो खातामा रकम उपलब्ध नभएको अवस्थामा पनि ऋणको रूपमा रकम निकाल्ने वा रकम भुक्तानी गर्न सक्दछ । यस्तो कार्डबाट प्रयोगकर्ताले भविष्यमा रकम भुक्तानी गर्ने शर्तमा ऋणको रूपमा रकम उपभोग गर्न सक्दछ भने बैंकले तोके अनुरूपको समयावधीमा प्रयोगकर्ताले उक्त उपभोग गरेको रकमलाई भुक्तानी गर्नु पर्दछ ।

क्रेडिट कार्डलाई भुक्तानी कार्डका रुपमा प्रयोग गरिन्छ । ग्राहकले कुनै वस्तु वा सेवा खरिद गरेपछि क्रेडिट कार्डमार्फत भुक्तानी दिन सक्छ । यो कार्ड भएको व्यक्तिले निश्चित रकमसम्मको वस्तु वा सेवा उधारोमा खरिद गर्न सक्छ । ‘अहिले खर्च गर, पछि तिर्दै गए हुन्छ’ भन्नेगरि यो कार्ड जारी गरिएको हुन्छ ।

कुनैपनि व्यक्तिले भविश्यमा तिर्न सक्ने क्षमतामा राख्छ भन्नेमा विश्वास गरेपछि बैंकले क्रेडिट कार्ड जारी गर्न सक्छ । यो एक प्रकारको बिना धितो बैंकले दिने र ग्राहकले निश्चित समयका लागि उधारोमा खर्च गर्न सक्ने रकम हो । क्रेडिट कार्डबाट एटिएम मेसिन प्रयोग गरी रकम निकाल्न पनि मिल्छ । तर, यसका लागि केही शुल्क भने काटिन्छ । नेपालमा क्रेडिट कार्ड कम मात्रामा प्रयोग हुन्छ । बैंकहरूले पनि क्रेडिट कार्ड जारी गर्न खासै चासो देखाएको पाईंदैन । नेपालमा यस्तो प्रणालीको विकास क्रमशः भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *