March 21st, 2020

अब सूचना प्रविधि पढेकाले समेत बैंकको सीइओ बन्न पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको योग्यता थप गरेको छ । अब सूचना प्रविधि पढेका व्यक्ति पनि बैंकको सीइओ बन्न पाउने भएका छन् ।
बैंक तथा वित्तिय क्षेत्रमा प्रविधिको आवश्यक्ता बढ्दै गएको कुरालाई मध्यनजर गर्दै राष्ट्र बैंकले यस्तो निर्णय गरेको हो । यो सँगै अब सूचना प्रविधि र कम्प्युटर विज्ञानमा स्नातकोत्तर अध्ययन पुरा गरेका व्यक्ति पनि सञ्चालक तथा सिईओ बन्न पाउने भएका छन् ।

यो भन्दा अगाडी राष्ट्र बैंकले व्यवस्थापन, बैंकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र,गणितशास्त्र, तथ्यांकशास्त्र, जनप्रशासन, व्यापार प्रशासन, एकाउन्टेन्सी र कानून विषयमा स्नातकोत्तर गरेको हुनुपर्ने योग्यता तोकेको थियो । अब भने व्यवस्थापन, बैंकिङ, वित्तिय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र,गणितशास्त्र, तथ्यांकशास्त्र, जनप्रशासन, व्यापार प्रशासन, एकाउन्टेन्सी, कानून, सूचना प्रविधि वा कम्प्युटर विज्ञान विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्ति समेत बैंक तथा वित्तिय संस्थाको सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत हुन पाउने भएका छन् ।

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]