सेयर कारोबार तत्काल बन्द गर्न धितोपत्र बोर्ड सहमत

बैंकिङ खबर ।  सेयर कारोबार केही समयका लागि बन्द गर्न नेपाल धितोपत्र बोर्ड सहमत भएको छ । ब्रोकर र लगानीकर्ता संघका प्रतिनिधिहरुसँगकोे छलफलपछि बोर्डले बजार केही अवधिका लागि स्थगित गर्न सहमत भएको हो । यसबारे अर्थ मन्त्रालयको सहमति लिएर बोर्ड सञ्चालक समिति बैठकले आधिकारीक निर्णय गर्नेछ ।
कोरोना भाइरसका कारण नेपालको पुँजी बजारमा निरन्तर गिरावट आउन थालेपछि शेयर बजारका सरोकारवालाहरु, लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्ड नै पुगेर बजार बन्द गराउनुपर्ने माग राखेका थिए ।

यस्तै, कोरोनाकै संत्रासका कारण फिलिपिन्समा समेत अर्को सूचना जारी नभएसम्मका लागि गत मंगलबारबाट अनिश्चितकालीन रुपमा सेयर बजार बन्द गरिएको फिलिपिन्स स्टक एक्सचेन्जले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *