March 18th, 2020

शेयर बजारमा कोरोना भाइरसको प्रभाव छैन : धितोपत्र बोर्ड

बैंकिङ खबर । नेपाल धितोपत्र बोर्डले शेयर बजारको पछिल्लो अवस्थाबाट हतोत्साहित भएर शेयर किनबेचको निर्णय नगर्न लगानीकर्ताहरुलाई सुझाव दिएको छ । केहि दिन यता दोस्रो बजारको कारोबारका सम्बन्धमा आएका समाचार तथा बजारको अवस्थाप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै बोर्डले हतोत्साहित नहुन आग्रह गरेको हो । बोर्डले बजारमा कोरोना भाइरसको प्रभाव नरहेको पनि बताएको छ ।

बोर्डले प्राथमिक र दोस्रो बजार सुधारका कार्य गरिरहेकोले हतोत्साहित नभई कारोबार गर्न भनेको छ । बजारलाई सुक्ष्म रुपले अध्ययन गरिरहेको बताउदै बोर्डले बजारलाई बजारको रुपमा नै चल्न दिनुपर्ने तर्क राखेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]