बैंकिङ खबर । प्रभु बैंक लिमिटेड र काठमाण्डौ महानगरपालिकाबिच काठमाण्डौ महानगरपालिकाको जमल तथा रत्नपार्क–बागबजार स्थित आकाशेपुलमुनिको ट्राफिक आइल्याण्ड रतिनधारा सस्कृत पाठाशाला अगाडीको ट्राफिक आइल्याण्डमा हरियाली बगैचा र फाउण्टेन निर्माण गर्ने, मर्मत संहार गर्ने/रेखदेख गर्ने सो को संचालन तथा शहरी सौन्र्दयीकरण कामकालागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । काठमाण्डौ महानगरपालिकाका मेयर बिद्या सुन्दर शाक्यको समुपस्थितीमा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन तथा काठमाण्डौ महानगरपालिकाका तर्फबाट सहसचिब राजेश्वर ज्ञवालीले उक्त सम्झौतापत्रमा एक समारोहका बिच हस्ताक्षर गर्नुभयो ।
नेपाल भरिमा २०८ शाखा संजाल, ४६ एक्सटेन्सन काउन्टर, १७ शाखा रहित बैंकिङ्ग सेवा तथा १५८ एटियम रहेको प्रभु बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त कार्य गर्न लागेको जनाएको छ ।
