July 4th, 2016

पाल्पा र रुपन्देहीका सर्वसाधारणलाई जलविद्युत् आयोजनामा लगानी गर्ने अवसर

hidropowerयुनिभर्सल पावर कम्पनीले परिवर्तनीय अग्राधिकार शेयर खुला गरेको छ । कम्पनीले पाल्पा र रुपन्देहीका सर्वसाधारणका लागि सो शेयर खुला गरेको हो । कम्पनीले एक कार्यक्रमको आयोजना गरी दुई जिल्लाका उद्योगी, व्यावसायी, प्राध्यापक, संघसंस्थाका प्रतिनिधिहरुलाई कम्पनीको शेयरबिक्री खुला रहेको जानकारी दिएको छ । उक्त शेयर खरीदका लागि कम्तिमा १ लाख रुपैयाँ लगानी गर्नुपर्ने बताइएको छ । वार्षिक ७ दशमलव ५ प्रतिशतका दरले निर्माणकै अवधीमा शेयर प्रतिफल दिन सकिने भएकोले सर्वसाधारणलाई निश्चिन्त भएर लगानी गर्न कम्पनीले आग्रह गरेको छ ।

 कम्पनीले दोलखाको चंखु र खारे गाविसमा ११ मेगावाट क्षमताको तल्लो खारेखोला जलविद्युत् आयोजना सञ्चालन गरेको छ । साथै, २ अर्ब ४ करोड रुपैयाँमा निर्माण गर्न लागिएको जलविद्युत् आयोजना ३ वर्षमा पूरा गरिने बताइएको छ । कम्पनीले लमजुङ्ग, दोलखा, रुकुम र संखुवासभामा ४५ मेगावाटको जलविद्युत् आयोजना निर्माणधीन अवस्थामा रहेको समेत जनाएको छ ।