खडक रोकाया –
चीनको वुहान प्रान्तबाट बिश्वब्यापी बनेको कोरोना भाईरस (कोभिड—१९) अहिले बिश्वकै चुनौतीको रुपमा देखा परेको छ । बिश्वमा सबैभन्दा ठुलो उद्योग हतियारको हो, दोस्रो ठुलो उद्योग रक्सी र तेस्रो ठुलो उद्योग औषधीको हो । कोरोनाको फैलावट यहि गतिमा हुने हो भने औषधी र औषधीजन्य बस्तुको कारोबार हिस्सा पहिलो स्थानमा आउने निश्चित छ । यति मात्रै होईन मानव सभ्यता लाई नै तहस नहस पार्नतिर उन्मुख छ कोरोना ।
मेरो बुझाईमा कोरोना
शहरको प्रदुषण यति धेरै छकि हामीले स्वस्थ हावाको लागि पनि बिदा लिएर शहर बाहिर निस्किनु पर्ने भएको छ । शहरमा हामी जतिखेर पनि धुलो र धुवाँ मात्रै देख्न सक्छौ बिभिन्न बाध्यताले धुलो र प्रदुषणलाई हामी नकार्न सक्दैनौ । किनकि हामी प्रतिस्पर्धामा छौ, हामी हरेक कुरामा प्रथम बन्न चाहन्छौ र वाताबरणको संरक्षण गर्ने काम अरुको हो ठान्छौं । कोरोनाको मुख्य बासस्थान र जन्मस्थान पनि प्रदुषण नै हो । प्रदुषणका पनि बिभिन्न स्तर हुन्छन, शरीरले धान्न सक्ने र शरीरले धान्न नसक्ने प्रदुषण । बिश्व स्वास्थ्य संगठनले पनि बिभिन्न मापदण्ड तथा बायुको स्तर निर्धारण गरेको हुन्छ । बिश्वका ठुला र आर्थिक रुपले सम्पन्न कुनै पनि शहरले हावाको गुणस्तरको न्युनतम मापदण्ड पुरा गरेको छैन । अहिले कोरोनाको प्रकोपले ठप्प भएपछि धेरै शहरहरुको वायुको गुणस्तरमा धेरै सुधार आएको छ ।
समाचारमा बिभिन्न अड्कलबाजी आए पनि चीनको वुहान शहर पनि औद्योगिक बिकासको चरम सीमा पार गरेको शहर हो । वुहानले बिश्व अर्थतन्त्रलाई ठुलो मात्रामा बिभिन्न बस्तुहरु निर्यात गर्दछ । विकाससंगै प्रदुषण पनि सीमा पार गर्यो, जसको परिणाम कोरोनाको जन्म भयो र जसले अहिले बिश्वलाई नै तर्साईरहेको छ । बिकासको होडबाजीको चपेटामा परेर पृथ्वीको आधारभुत संरचना नै संकटमा पर्दा कोरोनाजस्ता भाईरसको जन्म हुन्छ । अहिले करीब एक महिनादेखि बिश्व अर्थतन्त्र नै आरामको अवस्थामा छ । तर फेरी अभाबको संकटले गर्दा उत्पादन रोक्न सकिने अवस्था पनि छैन । लामो समय लगाएर मार्ने अन्य धेरै रोगहरु पनि बातावरणीय असन्तुलन कै परिणाम हुन तर कोरोनाको गति अलि तेज मात्रै हो ।
चिन्ता र अभाब
अहिले सबैमा त्रास र भबिष्यको चिन्ताले सताएको छ । संक्रमण देखिएका प्राय धेरै देशका सरकारहरुले बिभिन्न प्रकारका निर्णयहरु गरेर सबै क्षेत्रमा बिदाको घोषणा धमाधम गरिरहेका छन । सरकारको तयारी प्रति बिश्वास नभएर आम मानिसहरु चाहिनेभन्दा बढी सामानहरु जम्मा गरेर अभाव सृजना गरिरहेका छन । विश्वका शक्तिशाली देशहरु पनि कोरोनासंग निरीह बनेका छन । सबैतिर संकटकाल र आपतकाल घोषणा हुदैछ । स्कुल, कलेज, बिमानस्थल, सरकारी कार्यालयहरु, उद्योग कलकारखाना, आवतजावत नै बन्द भएको यो पहिलो चोटी होला । नेपालजस्ता देशहरुमा यसको प्रकोप देखिने हो भने भयानक प्यानिक अवस्था आउन सक्छ । नेपाल सरकारको तयारी तथा हाम्रो ब्यवहारले अझ बढी क्षति हुने अनुमान गर्न सकिन्छ । डिटोलजन्य स्यानिटाईजर तथा मास्क र उपभोग्य बस्तुको अभाव र नाकाबन्दीको कुराले सर्बत्र त्रासको स्थिति पैदा भएको छ । यस्तो संभावित संकटको घडीमा सरकारले सचेतना संगसंगै तयारी तीब्र पार्नु पर्ने देखिन्छ ।
बिश्व अर्थतन्त्रलाई धक्का
आयातमा आधारित अर्थतन्त्र त स्वत कमजोर नै छन तर निर्यातमुखी अर्थतन्त्र भएका मुलुकलाई पनि ठुलो आर्थिक संकटसंग जुध्नुपर्ने प्रक्षेपण हुन थालिसकेका छन । सबैभन्दा पर्यटन उद्योगलाई बढी थला पार्ने देखिन्छ त्यसपछि क्रमश पर्यटन संग सम्बन्धित पेशा र अन्य ब्यवसायलाई मन्दीतर्फ लग्ने छ । कोरोनाको संकट जति धेरै समयसम्म रहन्छ त्यति नै बढी आर्थिक संकट बढ्छ । यहि गतिमा यसको फैलावट र क्षति एक महिनामात्रै रहे पनि बिश्वयुद्द स्तरकै क्षति हुने प्रक्षेपण हुन थालेका छन । दैनिक खरबौ खरब डलरमा हुने कारोबार अहिले स्यानिटाईजर, मास्क तथा मेडिसिनमा सीमीत भएको छ । यस्तो घडीमा दैनिक काम गरेर बिहान बेलुकाको जोहो गर्ने बर्गका जनताहरुको अवस्था कति दयनीय होला । आर्थिक असमानताको खाडल अझ गहिरिने छ । सामान्य अवस्थामा पनि भोकमरीसंग जुधिरहेका मुलुकहरुको अवस्था अझ जर्जर हुन सक्छ । बेरोजगारी तथा अन्य सामाजिक असमानता र बिकृतिहरु साथै राजनैतिक संकटको अवस्था पनि आउन सक्छ ।
सद्भाव र सहयोगको खाँचो
अवस्था जस्तोसुकै आएपनि त्यसको गहिरो प्रभाव पर्ने भनेकै निम्न वर्गमा हो । त्यसैले अहिले सबैले कमजोर स्थिति भएको बर्गलाई सहयोगको खाँचो छ । जसरी हामी अन्य बिषम परिस्थितिमा एक अर्कालाई सहयोग गर्छौ अहिले त्योभन्दा बढी सहयोग र सद्भावको खाँचो छ । दैनिक उपभोग्य बस्तुदेखि अन्य औषधीजन्य बस्तु र पुर्बतयारीका सामानहरुका लागि बिभिन्न क्षेत्रको सहयोग जरुरी छ । आफु पनि सुरक्षित रहने र आफ्नो सक्दो सहयोग अरुलाई पनि गर्ने हो भने धेरै हदसम्म क्षति कम गर्न सकिन्छ । जस्तै निशुल्क मास्क बितरण, खाद्यान्न बितरण, साबुन तथा स्यानिटाईजर बितरण आदी ।
रोकाया कुमारी बैंकमा कार्यरत छन् ।




