March 12th, 2020

कोरोना भाइरसको प्रभाव : भारतको शेयर बजारमा पहिरो

बैंकिङ खबर । कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण भारतीय शेयर बजार प्रभावित भएको छ । विहीबार भारतीय शेयर बजारमा सेन्सेक्स र निफ्टी दुवैमा गिरावट आएको छ । सेन्सेक्समा १२ वर्ष यताकै सबैभन्दा ठूलो गिरावट आएको छ । सेन्सेक्स नौ प्रतिशत अर्थात ३१५० अंकले घटेको छ । यसअघि सन् २००८ को अक्टोबरमा सेन्सेक्स १०.९६ प्रतिशतले घटेको थियो ।

निफ्टी पनि २०१७ पछि पहिलोपटक ९६०० अंकबाट झरेको छ । सन् २०१७ को जुलाईमा निफ्टीले १० हजार अंक छोएको थियो । बिहीबारको शेयर कारोबारमा निफ्टी पनि करिब नौ प्रतिशतको गिरावटसहित ९६०० अंकबाट झरेको छ ।

बिगत एक सातामा भारतीय शेयर बजारमा सेन्सेक्समा करिब १५ प्रतिशतको गिरावट आइसकेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]