सुनसरीमा एक वर्षको अवधिमा २३ वटा नयाँ सहकारी संस्था दर्ता भएका छन् । सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय सुनसरीमा चालु आर्थिक वर्षमा कृषि सहकारी संस्था, लघु उद्यम सहकारी संस्था, बचत तथा ऋण सहकारी संस्था लिमिटेड र पशु पालक सहकारी संस्था गरी २३ वटा नयाँ सहकारी संस्था दर्ता भएका हुन् ।
जिल्लामा हालसम्म कृषि सहकारी संस्था १९, लघु उद्यम सहकारी संस्था लिमिटेड एक, बचत तथा ऋण सहकारी संस्था लिमिटेड दुई र पशु पालक सहकारी संस्था एक गरी एक वर्षको अवधिमा २३ वटा सहकारी संस्था दर्ता भएको कार्यालयले जनाएको छ । रासस