March 5th, 2020

कुमारी बैंकको परिवार सुरक्षा बचत खाता मार्फत बीमा दाबी भुक्तानी

 

बैंकिङ खबर । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता मार्फत खातावाला, दम्पत्ति तथा २१ वर्षमुनिका दुई बालबालिका समावेश हुनेगरि स्वास्थपोचार बीमा, आकस्मिक दुर्घटना बीमा, शारीरिक अशक्तता बीमा लगायत १८ घातक रोगहरु विरुद्ध बीमा सुविधा प्रदान गरि आएकोमा, विभिन्न ग्राहकहरुले बीमा दाबी भुक्तानी पाउने क्रम बढ्दो छ ।
आजसम्म, ६१ बीमा दाबी भुक्तानीहरु ग्राहकले प्राप्त गरिसकेका छन् । हालसम्म, परिवार सुरक्षा बचत खाता मार्फत बीमीत ग्राहकहरुले रु १३ लाख ५५ हजार १ सय ८३ रुपैँया बराबरको दाबी रकम प्राप्त गरिसकेका छन् । यी मध्ये धेरैजसो औषधोपचार बीमा दाबीहरू रहेको बैंकको भनाई छ । उक्त बीमा भुक्तानी बैंकले अजोड इन्स्योरेन्सको सहकार्यमा गरेको बैंकले जनाएको छ ।