Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

खानीखोलाको शेयर फेरि बाँडिने

admin २०७३ असार १९ गते
सेयर:

khanikholaखानीखोला जलविद्युत् योजनाको सामूहिक लगानी कोष(म्युच्युअल)लाई छुट्ट्याएको साधारण सेयर पुनः बाँडफाँड गरिने भएको छ । यसअघि गरिएको बाँडफाँडमा प्राविधिक त्रुटि भएकाले नेपाल धितोपत्र बोेर्डको सुझाबसहित पुनः बाँडफाँड गर्ने लागेको बताइएको छ ।  

कम्पनीले ९ लाख ३१ हजार ४ सय २९ कित्ता सेयर निष्काशन गरेकोमा ४६ हजार ५ सय ७१ कित्ता सामूहिक लगानीकोष र १८ हजार ६ सय २९ कित्ता कर्मचारीका लागि छुट्ट्याइएकोे थियो । सामूहिक लगानी कोषलाई छुट्ट्याएको सेयरमध्ये विभिन्न ७ सामूहिक लगानी कोषलाई बाँडफाँड गरेको थियो । कम्पनीको साधारण सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटलले सामूहिक लगानी कोषलाई नभई कोषका योजनाहरूलाई पनि सेयर बाँडफाँड गरेको थियो । नियमावलीअनुसार सामूहिक लगानी कोषका योजनाअनुसार नभई कोषअनुसार नै बाँडफाँड गर्नुपर्ने व्यवस्था रहेकोमा सभिल क्यापिटलले सिद्धार्थ म्युच्युअल फन्डका २ योजनालाई पनि अन्य कोष सरह नै सेयर छुट्ट्याएपछि मर्चेन्ट बैंकर एसोसिसनले धितोपत्र बोर्डमा उजुरी गरेको थियो । 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।