Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

बैंक अफ काठमाण्डू लिमिटेडको भिसा नगद फिर्ता योजना

२०७६ फाल्गुन १९ गते

बैंकिङ खबर । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो कार्ड बाहक ग्राहकहरुको आवश्यकता तथा ग्राहक वर्गको उच्चतम् लाभलाई मध्यनजर गर्दै बिओके भिसा नगद फिर्ता योजना सार्वजनिक गरेको छ । कार्ड बाहक ग्राहकहरुले नगद फिर्ता योजनाको सदुपयोगको लागि एक महिना भित्र POS तथा E-Commerce कारोबार गर्दा रु. ५०० नगद फिर्ता पाउनेछन् । जस अन्र्तगत एक महिना भित्र कम्तीमा २ वटा POS कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउनेछन् भने कम्तीमा २ वटा E-Commerce कारोबार गर्दा रु. २५० नगद फिर्ता पाउने बैंकले जानकारी गराएको छ । उक्त नगद फिर्ता योजना अंग्रेजी क्यालेण्डर अनुसार लागू हुनेछ । यस योजनाको उच्चतम फाइदा सदुपयोगको लागि प्रत्येक कारोबार रु. ५०० वा सो भन्दा बढि हुनुपर्नेछ । उक्त नगद फिर्ता योजना सिमित अवधिको लागि मात्र भएकोले छिटै लाभ लिन ग्राहकलाई बैंकले आग्रह गरेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Ad