Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
क्यापिटल मार्केट

१० दिनपछि गुडविल फाइनान्सको ऋणपत्र, वार्षिक १२ प्रतिशत व्याज पाइने

२०७६ फाल्गुन १८ गते

बैंकिङ खबर । गुडविल फाइनान्स लिमिटेडले फागुन २८ गतेदेखि साढे दुई लाख कित्ता ऋणपत्र निष्काशन गर्ने भएको छ । १२ प्रतिशत व्याजदरमा सात वर्षका लागि निष्काशन गर्न लागिएको ऋणपत्रमध्ये, डेढ लाख कित्ता व्यक्तिगत तवरमा, पाँच हजार कित्ता सामुहिक लगानी कोषलाई र बाँकी ९५ हजार कित्ता सर्वसाधारणलाई विक्री गरिनेछ ।

आवेदकहरुले न्युनतम २५ कित्ता र अधिकतम ५ हजार कित्ता सम्म छिटोमा चैत २ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधीसम्म सम्पुर्ण ऋणपत्र विक्री नभएमा ढिलोमा चैत १२ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको ऋणपत्रलाई इक्रा नेपालले इक्रा एनपी एल बिबि रेटिङ दिएको छ । कम्पनीको ऋणपत्रको विक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।

Ad