Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

यसपालीको सामना बैंकिङ पुरस्कार Essentials र Commercial Bank Management लाई

admin २०७३ असार १९ गते
सेयर:

award२०७२ सालमा प्रदान गरिने ५० हजार रुपैयाँको चौथो सामना बैंकिङ्ग पुरस्कार प्रा. डा. परासर कोइरालाद्वारा लिखित "Essentials या Commercial Bank Management"नामक पुस्तकलाई दिइने भएको छ । सामना बैंकिङ्ग पुरस्कार गुठीका संस्थापक तथा अध्यक्ष डा. रेवतवहादुर कार्कीको सभापतित्व तथा  गुठीका आजीवन सदस्य एवं योजना आयोगका पूर्वउपाध्याक्ष डा.शंकर शर्माको  प्रमुख आतिथ्यमा सम्पन्न एघारौँ साधारण सभाले सो निर्णय गरेको हो । उक्त पुरस्कारको लागि गुठीका आजीवन सदस्य प्रा.डा. विश्वम्भर प्याकुरेलको संयोजकत्वको विज्ञ मूल्यांकन समिति सदस्यहरु (प्रा.डा. मदनदाहाल र श्री कृष्ण प्रधान) ले  सिफारिश गरेको थियो ।

यस गुठीले योभन्दा अघि  पाँच वटा पुस्तकलाई पुरस्कारहरु दिइसकेको छ । अर्थविद डा. रेवतवहादुर कार्कीद्वारा अक्षयकोष राखी २०६२ सालमा नेपालको वैकिंग वित्तीय  क्षेत्रमा उच्चकोटीका ग्रन्थहरुको लेखन तथा प्रकाशनलाई प्रोत्साहन गरी यस क्षेत्रको विकासमा योगदान गर्ने मुख्य उद्देश्यले स्थापित यस गुठीको हाल २७ लाख रुपैयाँ अक्षयकोष रहेको छ । नेपालमा वैकिंग वित्तीय क्षेत्रमा यस्ता किसिमका पुरस्कार प्रदान गर्ने यो एक मात्र संस्था हो ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।