February 26th, 2020

नेप्से कारोबारको नयाँ रेकर्ड, ४ अर्ब नाघ्यो

बैंकिङ खबर । केही दिनअघि देखि लगातार उकालो लागिरहेको शेयर बजार परिसूचक नेप्सेले आज बुधबार पनि नयाँ किर्तिमान कायम गरेको छ । पुरानो सबै रेकर्डहरु ब्रेक गर्दै सेयर बजारमा आज सबा चार अर्बको कारोबारभई अहिलेसम्मकै धेरै कारोबार भएको हो ।

आज कारोबार मापक नेप्से परिसूचक ५० दशमलव ९३ अंकले बढेर १ हजार ५ सय ९६ दशमलव १३ मा उक्लिएकोे छ ।
हिजो मंगलबार २ अर्ब ९९ करोड २१ लाख ६० हजार रुपैयाँको सेयर कारोबार भएकोमा आज ४ अर्ब १५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएका छन् । यस दिन १८० कम्पनीको ९९ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ ।

आज अग्रस्थानमा नेपाल लाइफ इन्स्योरेन्सको सेयर सबैभन्दा बढी २१ करोड ९९ लाख, दोस्रो बढी शिवम् सिमेन्टकोे सेयर १८ करोड ४९ लाख र तेस्रो बढी कारोबारमा नेपाल बैंकको सेयर १७ करोड ९६ लाख रुपैयाँ बराबरको कारोवार गरी शीर्ष स्थानमा रहेका छन् ।

आज बैंकिङ ५०.४७, ट्रेडिङ ०.९५, होटल ७३.८८, विकास बैंक ३०.६६, जलविद्युत ५.१८, फाइनान्स ६.५३, निर्जिवन बीमा २३३.५१, उत्पादनमूलक समूह १४२.८, अन्य १७.५ अंक, लघुवित्त २७.१५, जीवन बीमा ५७१.१८ र म्युचुअल फन्ड ०.३४ अंकले उकालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु :-

नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु :-

 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]