February 24th, 2020

लिबर्टी इनर्जीले पायो आईपिओ निष्काशन अनुमति, सर्वसाधारणलाई साढे २२ लाख कित्ता

बैंकिङ खबर । लिबर्टी इनर्जीले आईपिओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ३७ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो । जसमध्ये, १५ लाख कित्ता शेयर आयोजना प्रभावितको लागि छुट्याइएको छ । बाँकी २२ लाख ५० हजार कित्ता सर्वसाधारणको लागि जारी गरिनेछ । कम्पनीको आईपिओ निष्काशन तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

कम्पनीले लमजुङको दोर्दी खोलामा २५ मेगावाटको जलविद्युत् आयोजना निर्माण गरेको छ । आयोजनाको अधिकांश निर्माण सकिएको छ । बाँधस्थल तथा विद्युत् गृहमा केही मात्रै काम बाँकी रहेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरिरहेको प्रसारण लाइनको काम सकिए वैशाखभित्रै आयोजना प्रणालीमा जोडिनेछ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]