February 19th, 2020

गण्डकी विकास बैंकद्वारा बालोदयटोल विकास समितिलाई डस्टविन सहयोग


बैंकिङ खबर । गण्डकी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक दायित्व अन्तरगत एक कार्यक्रम आयोजनागरी पोखरा विरौटामा रहेको बालोदयटोल विकास समितिलाई डस्टविन हस्तान्तरण गरेको छ । कार्यक्रममा बोल्दै बालोदयटोल विकास समितिका अध्यक्ष गुरु प्रसाद गुरुङले आफ्नै टोल छेउमा आई सम्पूर्ण बैंकिङ सेवा प्रदान गरी टोललाई समृद्ध बनाउन बैंकले खेलेको भूमिका प्रति आभार व्यक्त गर्नुभयो । टोलविकास समितिका सल्लाहकार तथा बालोदय बोर्डिङ स्कुलका संस्थापक प्रचार्य दुर्गा पंगेनीले बैंकको भूमिकाप्रति आफु सन्तुष्ट रहेको धारण राख्नुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमवहादुर थापाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा नायव प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो भने गण्डकी विकास बैंक, विरौटा शाखाका प्रबन्धक शिव वहादुर कार्कीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]