Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा ढिलाई

२०७६ फाल्गुन ७ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका वर्तमान गभर्नर डा. चिरंजीबि नेपाल आफ्नो कार्यकालको अन्त्यतिर छन् । २०७२ सालमा गभर्नर नियुक्त भएका डा. नेपालको कार्यकाल चैत्र पहिलो साताबाट सकिँदैछ । नेपाल राष्ट्र बैंकको ऐन अनुसार वर्तमान गभर्नरको कार्यकाल सकिनुभन्दा एक महिना अघि नै नयाँ गभर्नर नियुक्त गरि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्ने हुन्छ । यद्यपि, अहिलेसम्म गभर्नर नियुक्तिका लागि प्रक्रिया नै सुरु भएको छैन ।

गभर्नरको नियुक्ति अर्थमन्त्रीको अध्यक्षतामा गठित समितिको सिफारिसमा गरिन्छ । तर, डा. नेपालको कार्याकाल सकिन एक महिना मात्रै बाँकी रहँदासम्म पनि नयाँ गभर्नर नियुक्तिका लागि समिति नै गठन भएको छैन ।