February 17th, 2020

नेप्सेमा नयाँ इतिहास, साढे दुई अर्ब माथिको कारोबार

बैंकिङ खबर । शेयर बजार परिसूचक नेप्सेले कारोबार रकममा आजसम्मकै ऐतिहासिक रेकर्ड बनाएको छ । नेप्से परिसूचक आज ३४ अङ्कले बढेको हो । लगातार उकालो लागीरहेको बजारमा आज नेप्सेले नयाँ इतिहास कायम गरेको हो ।
साप्ताहिक कारोबारको दोस्रो दिन पुँजी बजार मापक नेप्से ३४.२६ अङ्कले बढेको छ । हिजो १ अर्ब ९७ करोड ८१ लाख ८ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको नेप्सेले आज बजारमा हालसम्मकै उच्च २ अर्ब ६८ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको देखाएको छ ।

आज बैकिङ ४१.१३, ट्रेडिङ ४१.९७, होटल २०.९४, विकास बैंक २७.३, जलविद्युत् ३२.१८, फाइनान्स ९.७९, निर्जीबन बीमा १८१.८२, उत्पादन १०.६५, अन्य ६.२१, लघुवित्त ९.६७, जीवन बीमा ११७.७२ र म्युचुअल फन्ड ०.१ अंकले वृद्धि भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

नेप्सेका अनुसार एकैदिन १२ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार भएर शिवम सिमेन्ट शीर्षस्थानमा रहन सफल भएको छ भने शिखर इन्सुरेन्स कम्पनी ११ करोड २१ लाख ९६ हजार ३७३ रुपैंया, हिमालयन डिस्टिलरीको १० करोड २९ लाख ३४ हजार ७८४ रुपैंया बराबरको कारोवार भई शीर्ष स्थानमा रहेका छन् ।

 

 

नेप्से अनुसार आज उच्च कमाउने शीर्ष १० कम्पनीहरु

लगातार उकालो लागेको नेप्सेले बजारमा नयाँ रेकर्ड कायम गरेतापनि आज कतिपय कम्पनीले गुमाउनु समेत परेको छ ।
नेप्से अनुसार आज गुमाउने शीर्ष १० कम्पनीहरु


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]