February 14th, 2020

विकास बैंकहरुमध्ये नाफामा अब्बल मुक्तिनाथ, अन्यले कति कमाए ?

बैंकिङ खबर । पुस मसान्सम्ममा विकास बैंकहरुमध्ये सबैभन्दा धेरै नाफा मुक्तिनाथ विकास बैंकले कमाएको छ । गण्डकी विकास बैंक र देवः विकास बैंकको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा घटेको छ ।

मुक्तिनाथ विकास बैंक
मुक्तिनाथ विकास बैंकको नाफा विकास बैंकहरुमा सबैभन्दा धेरै छ । पुस मसान्तसम्ममा बैंकले ४७ करोड २५ लाख १२ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा ४२ करोड ९८ लाख नौ हजार थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने ३४ करोड ३० लाख १३ हजार रहेको छ ।

गरिमा विकास बैंक
गरिमा विकास बैंकको नाफा बढेको छ । बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ करोड ५३ लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २९ करोड ५८ लाख ६९ हजार थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड ४७ लाख ७६ हजार रहेको छ ।

महालक्ष्मी विकास बैंक
महालक्ष्मी विकास बैंकको नाफा उल्लेख्य रुपमा बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ७६ लाख ४६ हजार नाफा गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ३० करोड ५० लाख ७९ हजार नाफा गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २१ करोड १३ लाख १५ हजार रहेको छ ।

शाइन रेसुंगा डेभलपमेन्ट बैंक
साना साना विकास बैंकलाई मर्जर गर्दै हालै राष्ट्रिय स्तरमा स्तरोन्नति भएको शाइन रेसुंगा डेभलपमेन्ट बैंकले नाफामा उल्लेख्य प्रगति गरेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड ९० लाख ३४ हजार नाफा गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा ३० करोड सात लाख ९४ हजार नाफा गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने २५ करोड ३६ लाख ६० हजार रहेको छ ।

ज्योति विकास बैंक
ज्योति विकास बैंकको नाफा ११ करोडले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोड चार लाख ४७ हजार खुद मुनाफा आर्जन गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा २८ करोड आठ लाख ३४ हजार रुपैयाँ नाफा कमाएको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने १५ करोड ९३ लाख ३६ हजार रहेको छ ।

लुम्बिनी विकास बैंक
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षको तुलनामा १७ लाख बढी नाफा कमाएको छ । बैंकले पुस मसान्तसम्ममा २५ करोड २१ लाख ४८ हजार नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको नाफा २५ करोड तीन लाख ९४ हजार थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने १७ करोड ३२ लाख २५ हजार रहेको छ ।

गण्डकी विकास बैंक
गण्डकी विकास बैंकको नाफा घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड २५ लाख ६९ हजार खुद मुनाफा आर्जन गरेको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा २४ करोड ५० लाख ३७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने १६ करोड १९ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

सांग्रिला डेभलपमेन्ट बैंक
सांग्रिला डेभलपमेन्ट बैंकको नाफा थोरै मात्रै बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १९ करोड १० लाख ९७ हजार नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १९ करोड १३ लाख ६७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकको वितरणयोग्य नाफा भने १३ करोड १५ लाख ११ हजार रहेको छ ।

देवः विकास बैंक
देवः विकास बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा घटेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले १८ करोड ७७ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ४५ लाख ९३ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने १२ करोड ३८ लाख ६२ हजार रहेको छ ।

कामना सेवा विकास बैंक
कामना सेवा विकास बैंकको नाफा एक करोडले बढेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा १३ करोड ८१ लाख ६३ हजार नाफा कमाएको बैंकले चालू आर्थिक वर्षको सोही अवधिमा १४ करोड ८५ लाख १९ हजार खुद मुनाफा आर्जन गरेको छ । यो अवधिमा बैंकको वितरणयोग्य नाफा भने छ करोड ५५ लाख ८२ हजार मात्रै रहेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]