सिभिल बैंकको १०७औं शाखा जितपुरमा

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापा तथा जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा सिभिल बैंकको जीतपुर शाखाको समुद्घाटन गर्नुभयो । देशकै विकासोन्मुख शहरहरु मध्येको एक प्रमुख शहर जीतपुर सिमरामा शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापाले देशको आर्थिक बिकास बैंकहरुको सहभागिताबिना हुन नसकिने भएकोले सिभिल बैंकले जीतपुरमा शाखा बिस्तार गर्दा त्यस क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताउनुभयो ।

उक्त कार्यक्रमका विशिष्ट अतिथि जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले जीतपुरमा सिभिल बैंकले शाखाखोलेकोमा खुसी व्यक्त गर्दै बैंक प्रति कृतज्ञता ज्ञापन गर्नुभयो साथै सिभिल बैंकले त्यस क्षेत्रको जनताको घरदैलोसम्म पुगी वित्तीय सेवा उपलब्ध गराई त्यहाँको जनताको जीवनस्तर उकास्न सघाउ पुर्याउने  विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीकरण गरी बिरगंज संग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नकालागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने बताउनु भयो । साथै सोही कार्यक्रमबीच सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर हस्तान्तरण गर्नुभयो ।

उक्त शाखाको उद्घाटन समारोहमा नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापा, जीतपुर सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेल, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी, व्यवसायी तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

सिभिल बैंकको हालसम्म ४ लाख १५ हजार भन्दा बढी ग्राहकहरु रहेको रु. ५२ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव रु. ५० अर्व कर्जा लगानी गरेको र बैंकको प्रदेश न २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेकोे बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.