बैंकिङ खबर । प्रभु बैंक र सिनामंगल, काठमाण्डौं स्थित निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन एनप्याब्सनबिच बैंकिङ्ग कारोबार प्रभु बैंक मार्फत गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लिमिटेडको प्रधान कार्यालय बबरमहल काठमाण्डौमा एक समारोहका बिच सम्पन्न उक्त सम्झौतामा प्रभु बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र एनप्याब्सनका तर्फबाट अध्यक्ष विष्णु पराजुलीले हस्ताक्षर गर्नुभएको हो ।
प्रभु बैंक र एनप्याब्सनसँगको सम्पन्न सम्झौता बमोजिम एनप्याब्सनको आधिकारिक बैंक प्रभु बैंक हुनेछ । एनप्याब्सनले आप्mनो सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्नेछ भने एनप्याब्सन अन्तर्गत सदस्यता ग्रहण गरेका निजी क्षेत्रका विद्यालयहरुले पनि आफुलाई पायक पर्ने प्रभु बैंकको जुनसुकै शाखा कार्यालयमा खाताखोली विद्यार्र्थीहरुबाट संकलन गर्ने शैक्षिक शुल्क बैंक मार्फत नै संकलन गर्न लगायत सम्पूर्ण आर्थिक कारोबार प्रभु बैंक मार्फत गर्न सक्नेछन् । उक्त विद्यालयहरुमा कार्यरत शिक्षक तथा अन्यकर्मचारीहरुको तलबी खाता पनि प्रभु बैंकमै खोली सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुले बैंक मार्फत नै तलब भुक्तानी लिन सक्नेछन् । एनप्याब्सन अन्तर्गत सदस्यता लिएका निजी विद्यालयहरुमा कार्यरत शिक्षक विद्यार्थी, कर्मचारी तथा सम्बन्धित अभिभावकहरुलाई एकीकृत वित्तीय सेवा जस्तैः नेपाल धितो पत्रबोर्डमा सुचिकृत कम्पनीहरुको आईपिओ, एफपिओ, डिबेञ्चर लगायतको सूचना उपलब्धहुनुका साथै शेयर कारोबार प्रयोजनका लागि आवश्यक पर्ने डिम्याट खाता खोल्ने सुविधा समेत उपलब्ध हुनेछ । एनप्याब्सनले आयोजना गर्ने संस्थागत वार्षिक कार्यक्रम लगायत जुनसुकै कार्यक्रमहरुमा आधिकारिक बैंकको रुपमा प्रभु बैंकको नाम उल्लेख गर्नेछ ।
प्रभु बैंक र एनप्याब्सनका विच सम्पन्न यस सम्झौता बमोजिम एनप्याब्सन अन्र्तगत सदस्य रहेको निजी क्षेत्रका विद्यालयहरु, उक्त विद्यालयमा कार्यरत शिक्षक, विद्यार्थी, कर्मचारीहरु ल्गायत अभिभावकहरुले प्रभु बैंक को गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सञ्जालमा सहभागी भई अधिकतम् लाभ उठाउनेछन् भन्ने बैंकले विश्वास लिएको छ ।